राजनीति

निर्वाचन समितिले माफी मागेपछि पत्रकारले उठाए क्यामेरा

By खबरहब

December 13, 2021

काठमाडौँ – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले माफी मागेपछि पत्रकारहरुले क्यामेरा उठाएका छन् ।

मतदान प्रकृयाको रिपोटिङमा भृकुटीमण्डप र राष्ट्रिय सभा गृह पुगेका पत्रकारलाई अवरोध दुर्व्यवहार गरिएपछि उनीहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका थिए ।

त्यसअघि निर्वाचन समिति, प्रहरी र पत्रकारबीच भनाभन हुने क्रममा धकेलाधकेल पनि भएको बताइएको थियो । अहिले पत्रकारहरुले पुन: काम थालेका छन् ।