sf7df8f}F,@& dªl;/ M g]kfnL sfFu|];sf] !$ cf}F dxflwj]zgdf k|ltlglw;Fu ef]6 dfUb} z+zfs sf]O/fnf . t:jL/ M rG›snf If]qL÷/f;;

राजनीति

केन्द्रीय सदस्यमा भोट माग्दै कोइरालाले भनेँ- म कुनै गुटमा छैन

By खबरहब

December 13, 2021

काठमाडौँ- केन्द्रीय सदस्यको उम्मेदवारमा सीमित भएका कांग्रेस नेता डा.शशांक कोइरालाले आफू कुनै गुटमा नरहेको प्रष्ट्याएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि भइरहेको मतदानमा प्रतिनिधिहरूसँग मत माग्दै कोइरालालेआफू कुनै गुटमा नरहेको बताएका हुन् ।

शशांकलाई देउवा र शेखर प्यानलले आफ्नो पक्षमा रहेको भन्दै केन्द्रीय सदस्य उम्मेदवारको सूचीमा राखेका छन् । दुवै समूहले शशांकको समर्थन आफूलाई रहेको दाबी गर्दै आएका बेला उनले मतदानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै कुनै गुटमा नरहेको जनाएका हुन् ।