प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

इक्वेडरमा बस दुर्घटना : १८ को मृत्यु, २५ जना घाइते

By खबरहब

December 13, 2021

एजेन्सी- इक्वेडरमा बस दुर्घटनामा कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा शनिबार राति दुर्घटना भएको हो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।