मनोरञ्जन

एक गीत थाँती राख्दै सकियो सुरक्षाको ‘बुलाकी’

By खबरहब

December 13, 2021

काठमाडौं–कर्णाली प्रदेशको जनजीवन, रीतिरिवाज र संस्कृतिलाई प्राथमिकता दिएर निर्माण गरिएको फिल्म ‘बुलाकी’ को छायांकन एक गीत थाँती राख्दै सकिएको छ ।

तिहार लगत्तै डोल्पाबाट सुरु गरिएको फिल्मका केही दृश्य मुगु र जाजरकोटका विभिन्न स्थानमा समेत खिचिएको जानकारी निर्माण पक्षले दिएको छ । करिब एक महिना लगाएर फिल्मको छायांकन पुरा गरिएको हो ।

मोती विष्टको प्रस्तुति र गोपाल विष्टको निर्माण रहेको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले, अमीत परियारलगायतका कलाकारको अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा सौगात कडेल सह–निर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन, गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ ।