sf7df8f}F,@& dªl;/M dtbfg ug{ nfda4 k|ltlglw g]kfnL sfFu|]sfsf] !$cf}F dxflwj]zgdf dtbfg ug{ ;f]daf/ nfdaå s]G›Lo k|ltlglw . tl:a/ M /Tg >]i7÷/f;;

राजनीति

कांग्रेस चुनाव अपडेट : दुई बजेसम्म खस्यो ६०० मत

By खबरहब

December 13, 2021

काठमाडौँ- नेपाली नयाँ कार्यसिमिति चयन गर्न जारी मतदानमा ६०० मत खसेको छ ।

मतदान शुरू भएको साढे २ घण्टामा  ६ सय मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।

मतदान भइरहेका भृकुटीमण्डपका दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रका २ बजेसम्म कूल ६०० मत खसेको उनले बताए ।

धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई करिव एक घण्टा लागेकाले मतदानमा ढिलाइ भएको समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।