पत्रकारका नाममा ठग्ने कार्की पक्राउ

By खबरहब

December 13, 2021

काठमाडौँ– आफूलाई पत्रकार बताउने एन्जीना कार्की ठगी आरोपमा पक्राउ परेकी छन् ।

सहकारीलाई ब्ल्याकमेलिङ गरेर रकम असुल गरेको आरोपमा कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको जनसेवा वृत्तका एक प्रहरी अधिकृतले खबरहबलाई जानकारी दिए । उनलाई प्रहरी प्रभाग सोह्रखुट्टेमा राखिएको उनले जानकारी दिए ।

जनसेवाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले एन्जिना कार्की कार्कीमाथि सहकारीलगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको जानकारी दिए ।

कार्कीले पत्रकारका नाममा धम्क्याएर रकम मागेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सो ठगी प्रकणमा अरु पनि संलग्न रहेको हुन सक्ने आशंका गरेको छ ।