राजनीति

मतदानको समय अझै १ घण्टा थपियो, करिब २५० मत खस्न बाँकी

By खबरहब

December 13, 2021

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको मतदानको समय अझै एक घण्टा थपिएको छ । साढे ११ बजेसम्म मतदान गर्न पाइने समय निर्वाचन समितिले तोकेको हो । साढे १० बजेसम्मको समय तोकिएकोमा अझै करिब २५० मत खस्न बाँकी रहेपछि एक घण्टा थपिएको हो ।

साढे १० बजेसम्म ४५ सय मत खसेको छ । अझै २४३ मत खस्न बाँकी छ । मतदान सकिएपछि राष्ट्रिय सभा गृहमा सभापतिको मत गणना सुरु हुनेछ । अन्य पदाधिकारी तथा सदस्यको मत भने पार्टी कार्यालय सानेपामा गणना हुनेछ । सभापतिको मतगणनामा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्न नसके पुनः मतदान हुनेछ । सभापतिको टुंगो लागेपछि अरु मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।

१३२ पदका लागि साढे चारसयभन्दा धेरै उम्मेदवार छन् । सभापतिमा ५ जना उम्मेदवार छन् ।