अटो

विवाहपञ्चमीमा शौर्य सिमेन्टको शिविर 

By खबरहब

December 13, 2021

धनुषा – जनकपुरधाममा भएको विवाहपञ्चमी महोत्सवमा शौर्य सिमेन्टको प्रायोजन र विजय लक्ष्मी मिडिया फाउन्डेसनको आयोजनामा नि:शुल्क शिविरको आयोजना गरेको छ । विवाहपञ्चमी महोत्सवमा आउने दर्शनार्थीहरुको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो।

शौर्य सिमेन्टबाट आयोजित उक्त नि:शुल्क शिविरमा दर्शनार्थीहरुको लागी चिया-पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको शिविरबाट १० हजार भन्दाबढी व्यक्तीलाई सेवा प्रदान गरिएको थियो ।

यस वर्ष मंसिर २२ गते भएको राम-सीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरूबाट दर्शनार्थीहरु आएका थिए ।  यसै अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मञ्चन गरिएको थियो ।

त्यस क्रममा शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरूको सही जवाफ दिने विजेताहरूलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो ।

शौर्य सिमेन्ट मिथिला मदेसको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कदम मा कदम मिलाउँदै सदैव सेवा भावका लागी तत्पर रहने शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले जानकारी दिएका छन् ।