लसएन्जल्स–च्यानल फोर कमेडी ड्रामा ‘फ्रेस मिट’ र ‘नट सेफ फर वर्क’ अभिनेत्री जावी अस्टनले मार्भल युनिभर्स फिल्म ‘क्याप्टेन मार्भल २’मा भिलेन चरित्रमा अभिनय गर्ने भएकी छन् । फिल्ममा उनले अभिनेत्री ब्राइ लार्सनसँग द्वन्द्व गर्नेछिन् ।
सन् २०१९ को ब्लकब्लस्टर फिल्म ‘क्याप्टेन मार्भल’को दोस्रो संस्करणलाई निआ डाकोस्टाले निर्देशन गर्नेछिन् । वान्डा भिजन सिरिजको कथा सम्पादक मेगान म्याकडोनेलले स्क्रिप्न लेखेकी छन् ।
भलै फिल्ममा अस्टनको भूमिका के हुने भन्ने नखुले पनि फिल्म निकट स्रोतले भने उनले भिलेनकै चरित्र निर्वाह गर्ने दाबी गरेको छ । फिल्ममा इमान भेलानी र टियोना पेरिसको पनि अभिनय रहनेछ ।
फिल्म ‘क्याप्टेन मार्भल २’ आगामी वर्षको नोभेम्बर ११ मा रिलिज हुँदैछ । महिला सुपरहिरो यो फिल्मले सन् २०१९ मा १ दशमलब १ बिलियन अमेरिकी डलर विश्वव्यापी आम्दानी गरेको थियो । पहिलो संस्करणको फिल्ममा र्यान फ्लेक र अन्ना बोडेनको संयुक्त निर्देशन थियो । –एजेन्सी)