खेलकुद

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

By खबरहब

October 14, 2021

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन् ।

बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।

बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन् । उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन् ।

हार्दिक बधाई तथा शुभकामना !

साफ फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटवल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि सुभेच्छा सहित प्रोत्साहन दिन चाहान्छु ।

— Sher Bahadur Deuba (@SherBDeuba) October 13, 2021

‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु’, देउवाले भनेका छन् ।