sf7df8f}F, !& ebf} . bz/y /ªuzfnfdf laxLaf/ ePsf] g]kfn–ef/t d}qLk"0f{ km"6an k|ltof]lutf v]Nb} v]nf8L . k|ltof]lutfdf Ps÷Ps uf]n u/L a/fa/L ePsf] lyof] . t:jL/ M /Tg >]i7, /f;;

खेलकुद

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने

By खबरहब

October 14, 2021

काठमाडौँ- साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन् ।

बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोलले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।बुधबार नै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो ।

फाइनलमा नेपाललाई भारतसँग बदला लिने अवसरसमेत हुनेछ । राउण्ड रोबिङ लिग अन्तरगत पहिलो खेलमा नेपाल भारसँग १-० ले पराजित भएको थियो । अहिलेसम्म साफ फुटबलमा सात पटक च्याम्पियन बनेर सर्वाधिक सफल टिम रहेको भारतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । तथापि जितका लागि खेल्ने प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले जनाएका छन् ।

फाइनल खेल आइतबार अपराह्न ४:४५ बजे हुनेछ ।