क्रिकेट

कोलकाता आईपीएल क्रिकेटको फाइनलमा

By खबरहब

October 14, 2021

काठमाडौँ- कोलकाता नाइट राइडर्स आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७  विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा सुबमन गिलले ४६ रन जोडे ।

दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए ।

कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए । लक्की फर्गुसन र शिबम माभीले १/१ विकेट लिए ।

फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।