फाइल फोटो

अन्तर्राष्ट्रिय

भारत थप १९ हजार १८० जनामा कोरोना भाइरसको संक्रमण

By खबरहब

October 14, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १९ हजार १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख १९ हजार ६८० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख १३ हजार ११४ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २४९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार ४६९ पुगेको छ ।