अन्तर्राष्ट्रिय

अमेरिकाले सीमा नाका खोल्ने

By खबरहब

October 14, 2021

काठमाडौँ- अमेरिकाले कोरोना महामारीका कारण बन्द गरिएको सीमा नाका खोल्ने तयारी गरेको छ ।

अमेरिकाले मेक्सिको र क्यानडासँगको आफ्नो सिमाना नोभेम्बरदेखि यात्रुहरुका लागी खुला गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिकाले नोभेम्बरमा आवश्यक यात्राको लागि आफ्नो सीमा खोल्ने जनाइएको छ ।

यद्यपि अन्तर्राष्ट्रिय आगन्तुकको लागि पूर्ण रुपमा खोप लगाउनु अनिवार्य गरिएको छ । होम ल्याण्ड सुरक्षा सचिव अलेजान्ड्रो मायोर्कसले सुरक्षित र दिगो तरिकाले नियमित यात्रा सुचारु गर्नका लागि कदम चालेकोमा आफूहरु खुसी भएको एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।