१. पाकेको मेवाको दिनहुँ ठीक मात्रामा सेवन गर्नाले पेटको जलन ठीक हुन्छ । भोक जगाउँछ । खाएको खानेकुरा राम्रोसँग पच्छ । पेट फुलेमा आराम दिन्छ । पिसाब सफा बनाउँछ । शरीरलाई सन्तुलनमा ल्याउँछ ।
२. मेवाको पातलाई पिँधेर त्यसको २/४ चम्चा रसमा मिश्री मिलाई दिनको दुई/तीन पटक केही दिनसम्म सेवन गर्नाले ज्वरो ठीक गर्छ । हृदयलाई शान्त पार्छ ।
३. २/३ चम्चा मेवाको चोप (दुध) लाई गाईको दुध मिलाई खाएमा पेटको जस्तोसुकै पनि नसा हुन्छ ।
४. शरीरका विभिन्न भाग चिलाएमा वा दाद आएमा त्यस्तो ठाउँमा काँचो मेवा काट्दा निस्केको दूध वा चोप लगाउनाले दाद पूर्ण रुपमा हराउँछ र चिलाउन पनि छोड्छ ।
५. मेवाको काँचो फूल काटेर सुकाई पिँधे २/३ चम्चा धुलाई तातोपानीमा मिलाई दिनको दुईपटक खानाले पुरानो अतिसार पनि नष्ट हुन्छ ।
६. काँचो मेवाको तरकारीमा ज्वानो झानेर राम्रोसँग गालेर केही दिन खानाले स्त्री (सुत्केरी महिला) को दुध बढ्दछ र बच्चा पनि पुष्ट भएर आउँछ ।
७. काँचो मेवाको रसमा बराबर भाग मिश्री मिलाई दिनको तीन पटक मनतातो पानीसँग केही दिनसम्म पिउनाले फियो र कलेजोको रोग निको हुन्छ ।
साभारः ‘ मेरो डाक्टर ’ बाट