रोचक/विचित्र संसार

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

By खबरहब

October 14, 2021

१. डबल इन्ट्री बुक

सन् १३४० तिर युरोपका व्यापारीहरुले उनीहरुको हरहिसाब राख्न डबल इन्ट्री बुक प्रयोग गर्न शुरु गरेका थिए ।

२. १६ , ००० फोटाहरु

सन् ४ जुलाई १९९७ को दिन मङ्गल ग्रहमा US Mars Pathfinder पुगेको थियो । Pathfinder  ले २ दिनपछि Sojorner नामको गुड्ने रोबोट निकाल्यो । त्यो रोबोट सतहमा कुद्थ्यो । Pathfinder र सोजोर्नरले ८३ दिनसम्म मङ्गल ग्रहको सर्वेक्षण गर्ने काम गर्‍यो जम्मा १६,००० भन्दा बढी फोटाहरु खिचेर पृथ्वीमा पठाएको थियो ।

३. प्रदुषित सहर

एक दिनमा ४० वटा चुरोट तान्दा कति खतरनाक हुन्छ ? त्यतिकै खतरनाक भएको छ मेक्सिको शहरको वातावरण ।

४. ल्हासा

संसारमा सबैभन्दा अग्लो स्थानमा रहेको शहर ल्हासा हो । यो शहर समुद्री सतहदेखि ११,९७५ फिट अर्थात् ३,६५० मिटर अग्लो स्थानमा अवस्थित छ ।

५. साइकलको सङ्ख्या

संसारमा सबैभन्दा बढी साइकल चीनमा छन् । त्यहाँ ३० करोड साइकल भएको अनुमान गरिएको छ । दोस्रो स्थानमा अमेरिका आउँछ । त्यहाँ १० करोड ३० लाख साइकल छन् । तेस्रो स्थानमा जापान आउँछ । त्यहाँ ६ करोड साइकल छन् ।

साभारः रोचक तथा ज्ञानव र्द्धक तथ्यहरु पुस्तकबाट