देश/प्रदेश

बैतडीको उदयदेव र फाल्ङाशैनी भगवतीमा बलिसहित जात्रा

By खबरहब

October 14, 2021

बैतडी– बैतडीको पाटनस्थित उदयदेव मन्दिरमा भव्य जात्रा लागेको छ । जात्रामा बिहीबार ३६ रांगाको बलि दिइएको छ । बिहीबार महानवमीका दिन कैलपाल मन्दिर र उदयदेव मन्दिरमा पूजाआजा गरिसकेपछि कालिकामा बलि दिने चलन छ ।

पाटनस्थित मैतोडामा बिहीबार भव्य रूपले डेउडासमेत लाग्ने गरेको छ । बैतडीसहित छिमेकी जिल्लाका डेउडिया कलाकारहरू पाटनमा डेउडा खेल्न आउने गरेका छन् ।

पाटनस्थित उदयदेव मन्दिरमा बिहीबार लाग्ने जात्रामा भारतमा दर्शनार्थीहरूसमेत आउने गरेका छन् । पाटन मध्यपहाडी लोकमार्गको नमुना सहर भएकाले उदयदेव जात्रामा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको छ ।

यसैगरी, जिल्लाको सुर्नया गाउँपालिका(५ को फाल्ङाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । उक्त मन्दिरमा रातिको समयमा रांगा बोकाको बलि दिइने गरेको छ ।