अन्तर्राष्ट्रिय

बंगलादेशमा दुर्गा पूजामा आक्रमण, कम्तिमा ३ जनाको मृत्यु

By खबरहब

October 14, 2021

ढाका– बंगलादेशमा एक भिडियो भाइरल भएपछि बिहीबार दुर्गा पूजा भइरहेको स्थानमा बंगाली मुस्लिमहरुले आक्रमण गरेका छन् । बीबीसीका अनुसार बंगलादेशको कोमिल्ला जिल्लामा दुर्गा पूजाका क्रममा कुरानको अपमान गरिएको फेक भिडियो भाइरल भएपछि दर्जनौं दुर्गा पूजा स्थलमा तोडफोड भएको छ । अधिकारीहरुले कम्तिमा ३ जनाको मृत्यु भएको जनाएका छन् । बंगलादेशी प्रहरीले हिंसात्मक झडपमा सहभागी भएको आरोपमा १० जनालाई पक्राउ गरेको जनाएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएका कारण हिंसा भड्किएको जनाइएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । एजेन्सी