Australian captain Aaron Finch, left, shakes hands with New Zealand captain Kane Williamson after their second T20 cricket international between Australia and New Zealand at University Oval In Dunedin, New Zealand, Thursday, Feb. 25, 2021. (Andrew Cornaga/Photosport via AP)

क्रिकेट

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

By खबरहब

November 14, 2021

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् ।

दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् ।

पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो पटक टी-ट्वान्टी विश्वकपले नयाँ च्याम्पियन पाउने भएको छ ।

न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको हो भने अष्ट्रेलिया पाकिस्तानलाई ५ विकेटले नै हराएर उपाधि नजिक पुगेको हो ।

पछिल्ला पाँच खेललाई आधार मान्दा हेड टु हेडमा न्युजिल्यान्ड बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जितेको छ । अष्ट्रेलियाले दुई खेलमा मात्रै जित निकालेको छ ।