समाचार

आज पनि मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश राणा

By खबरहब

November 14, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज पनि मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरेका छन् ।

राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मुख्य गेटमा धर्ना जारी राखेपछि ठूलो सुरक्षा घेरामा उनी वैकल्पिक गेटबाट बिहान १०:४६ मा सर्वोच्च प्रवेश गरेका हुन् ।

बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उनी अदालत आएका हुन् । मुख्य गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन् ।

महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।

अहिले नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा आन्दोलन जारी छ ।