खेलकुद

गोदावरी मेयर कप फुटबलको उपाधि लेलेलाई

By खबरहब

November 14, 2021

ललितपुर– गोदावरी मेयर कप फुटबलको उपाधि लेलेले जितेको छ ।

शनिबार ललितपुरको ठेचोस्थित दुरीखेल मैदानमा भएको फाइनल खेलमा गोदावरी नगरपालिका-३ गोदावरीलाई हराउँदै लेलेले उपाधिमाथि कब्जा जमाएको हो ।

आयोजक टुस्टार क्लबका रविन्द्र महर्जनका अनुसार लेलेले तीन गोल गर्दै उपाधि जितेको हो । गोदावरीले एक गोल गरेको थियो ।

बिहीबार ललितपुरको ठेचो फुटबल मैदानमा भएको सेमिफाइनल खेलमा गोदावरी- ३ क र गोदावरी-३ ख टिमको खेलमा गोदावरी खलाई गोदावरी कले एक गोलविरुद्ध चार गोल गर्दै फाइनल यात्रा तय गरेको थियो ।

सेफिफाइनलको दोस्रो खेलमा गोदावरी १४ ठैबले एक गोल गरेको थियो । चार गोलको मद्दतले गोदावरी-५ लेले कले गोदावरीसँग फाइनल खेल पक्का गरेको थियो ।

मेयर कपको विजयी टिम लेलेलाई एक लाख रुपैयाँसँगै ट्रफी पाएको छ । उपविजेता गोदावरीले ५० हजारसँगै ट्रफीमा पाएको थियो ।