फाइल फोटो

मुस्ताङमा हिउँ पहिरो, दुई जना घाइते (भिडियो)

By खबरहब

November 14, 2021

काठमाडौँ– मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खस्दा कोबाङका दुई जनाको खुट्टा भाँचिएको छ । करिब ३० मिनेटसम्म झरेको पहिरोका कारण डराएर स्थानीयले भागदौड मच्याएका थिए ।

कोवाङ, लार्जुङ र नाउरीकोट क्षेत्रमा स्थानीय डरले भागेका थिए । भागदौडका क्रममा स्थानीय जनआर्दश अमरसिंह माविका शिक्षक र विद्यार्थीको खुट्टामा चोट लागेको हो ।

पठनपाठन चलिरहेका बेला पहिरो खसेपछि उनीहरू कक्षाकोठा छोडेर भागेका हुन् । पहिरोको जोखिम अझै कायम रहेकोले नजिकका घरमा बसिरहेका नागरिकहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । विद्यार्थीलाई समेत अन्तै लगिएको मुस्ताङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको टोली घटनास्थल पुगिसकेको छ । केही वर्षअघि पनि हिउँ पहिरोका कारण त्यहाँ धनजनको क्षति भएको थियो । यो वर्ष मानवीय अन्य क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।