राजनीति

प्रचण्ड अस्पतालबाट डिस्चार्ज

By खबरहब

November 14, 2021

काठमाडौँ– अस्वस्थ्य भएपछि काठमाडौैँस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उच्च रक्तचापको समस्या देखिएपछि शनिबार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । आइतबार स्वास्थ्यमा सुधार भएसँगै चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज गरिएको हो ।