क्रिकेट

टी–ट्वान्टी विश्वकप फाइनल : टस हारेको न्यूजिल्याण्ड पहिला ब्याटिङ

By खबरहब

November 14, 2021

काठमाडौँ– टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भिडन्तमा न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच अहिले खेल भइरहेको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा अष्ट्रेलियाका कप्तान एरोन फिन्चले टस जितेपछि न्यूजिल्याण्डलाई ब्याटिङको निम्तो दिएका छन् ।

न्यूजिल्याण्डका मार्टिन गप्टिल र डेरियल मिचेलले ओपनिङ गरेका छन् । दुई खेलाडीले न्यूजिल्याण्डलाई सुदृढ सुरुआत दिएका छन् । अष्ट्रेलिायका लागि जोश हेजलवुडले पहिलो विकेट लिएका छन् ।

उनले डेरियल मिचेललाई ११ रनको निजी स्कोरमा आउट गरे । यो समाचार तयार पार्दासम्म न्यूजिल्याण्डले ९ औँ ओभरको खेल भइरहँदा १ विकेटको क्षतिमा ४३ बनाएको छ ।

पाकिस्तानलाई पराजित गरेर अष्ट्रेलिया र इंग्ल्याण्डलाई पराजित गरेर न्यूजिल्याण्ड फाइनल पुगेको हो । यी दुबै टिमले टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् । यो पटक नयाँ टिमले उपाधि जित्नेछ ।