क्रिकेट

विलियम्सनले विस्फोटक ब्याटिङ गरेपछि अष्ट्रेलियालाई १७३ रनको लक्ष्य

By खबरहब

November 14, 2021

काठमाडौँ– दुबईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाले रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनायो ।

न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले विस्फोटक ब्याटिङ गरेपछि उसले चुनौतीपूर्ण स्कोर बनायो ।

विलियम्सनले ४८ बलमा ८५ रन बनाए । उनले ३ छक्का र १० चौका प्रहार गरे । निकै सुस्त खेलेका मार्टिन गप्टिलले ३५ बलमा २८ रन बनाए ।

अष्ट्रेलियाका लागि जोश हेजलवुड सबैभन्दा सफल बलर बने । उनले ४ ओभरमा १५ रन दिएर तीन विकेट लिए। मिचेल स्टार्कले करिअरकै खराब बलिङ गरे । उनले ४ ओभरमा कुनै सफलता हात नपारी ६० रन दिए ।