राजनीति

मतगणना अपडेट : १३०६ मत गन्दा देउवाको ६२६, शेखरलाई ४८२

By खबरहब

December 14, 2021

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनाअनुसार १३०६ मतगणना सकिएको छ ।

पछिल्लो विवरणअनुसार सभापतिका लागि शेरबहादुर देउवाले ६२६ गत पाउँदा शेखर कोइरालाले ४८२ मतका साथ पछ्याइरहेका छन् ।

त्यसैगरी प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्याण गुरुङले ४ एक मत पाएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

राष्टिय सभागृहमा आज बिहान ४ बजेदेखि मतगणना सुरु भएको थियो । आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।