राजनीति

२००६ मत गन्दा देउवाको अग्रता बढ्यो

By खबरहब

December 14, 2021

काठमाडौँ – कांग्रेसको सभापतिका लागि जारी मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन् ।

राष्ट्रियसभा गृहमा बिहानदेखि सुरु भएको मतगणनामा २००६ मतको गणना सकिँदा देउवाले ९५८ मत पाएका छन् ।

अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ र प्रकाशमान सिंहले १५३ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ११७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ६ मत मात्र प्राप्त भएको छ ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो । कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो।