राजनीति

कांग्रेस सभापतिका लागि आधाभन्दा धेरै मतगणना सकियो

By खबरहब

December 14, 2021

काठमाडौँ – कांग्रेसको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत जारी मतगणनामा वर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन इतरपक्षका उम्मेदवार शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन् ।

राष्ट्रियसभा गृहमा भइरहको मतगणनाको पछिल्लो विवरण यस्तो छ । अहिलेसम्म २६७७ मतगणना भएको छ ।

शेरबहादुर देउवा -१२६५ शेखर कोइराला -९८० प्रकाशमान सिंह- २०७ विमलेन्द्र निधी-१९५ कल्याण गुरुङ- १२

पछिल्लो यो विवरण हेर्दा आधाभन्दा धेरै मतगणना सकिएको छ । जसमा कोइरालाभन्दा देउवा २८५ मतले अगाडी छन् । अबको केहिबेरमा अन्तिम परिणाम सार्वजनिक हुनेछ । सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ ।

गएराति साढे ११ बजे मतदान सकिएसँगै बिहान ४ बजेबाट सभापति पदको मतगणना गर्न थालिएको हो।

नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको थियो । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।