समाचार

राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगित

By खबरहब

December 14, 2021

काठमाडौँ – नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगित भएको छ ।

पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका साथै भेला उद्यमी सुवर्णकुमार श्रेष्ठको निधन भएका कारण स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका संयोजक रमेश श्रेष्ठका अनुसार पूर्वनिर्धारित कार्यक्रम शोकको घडीमा स्थगन गरिएको छ ।

विभिन्न स्थानका व्यवसायीलाई एकीकृत गरी मौलिक उत्पादनलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनीका साथै भेला केही हप्तापछि गरिने छ । मुलुकमा करिब ५० हजार ढाका व्यवसायी छन् । प्रदर्शनीका क्रममा व्यवसायीको राष्ट्रिय भेला पनि गरिनेछ ।