राजनीति

दोस्रो चरणको मतदानमा देउवालाई सिंहको समर्थन

By खबरहब

December 14, 2021

काठमाडौँ – नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।

पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका सिंहले वर्तमान सभापति देउवालाई समर्थन समर्थन गर्ने सहमति भएको नेता सिंहका निजी सहयोगी युपी लामिछानेले जानकारी दिएका छन्।

पहिलो चरणको मतपरिणाम आएलगत्तै देउवानिकट बालकृष्ण खाँण र वीरबहादुर बलायर प्रकाशमानलाई मनाउन चाक्सीबारी पुगेका थिए।

उनीहरुलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका थिए। विमलेन्द्र निधिले पनि सिंहसँग टेलिफोन कुराकानी गरेका थिए ।

यी नेताहरुसँगको कुराकानीमा प्रकाशमानले साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएका थिए ।

दोस्रो चरणमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुनेछ ।