राजनीति

एमाले संसदीय दलको बैठक जारी

By खबरहब

December 14, 2021

काठमाडौँ- नेकपा एमालेले संसदीय दलको बैठक जारी छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ११ : ४५ देखि जारी बैठकमा आज शुरू हुने संसद बैठकमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सभामुख अग्निप्रसाद सापकोटाका कारण पार्टी विभाजन भएको भन्दै  एमालेले सदन अवरूद्ध गर्दै आएको छ । एमालेले सभामुख सापकोटाले माफी माग्नु पर्ने वा राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ ।

संसद बैठक दिउँसो २ बजे बस्दैछ ।