राजनीति

सभापतिमा देउवालाई सिंह-निधी र गुरूङको साथ, कोइराला एक्लिए

By खबरहब

December 14, 2021

काठमाडौँ- कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दा शेरबहादुर देउवा अझ बलियो बनेका छन् ।

देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरूङले साथ दिएका छन् । जवकी देउवाको विकल्प खोज्ने भन्दै उनीहरू सबै देउवाविरूद्ध नै सभापतिको उम्मेदवार बनेका थिए ।

संस्थापन इतरको समूह डा.शेखर कोइराला दोस्रो धेरै मत ल्याएर देउवासँग भिड्ने तयारीमा लागेका बेला समीकरण बदलिएको छ । यसले कोइराला कमजोर देखिएका छन् ।

पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए । पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ ।

पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन् ।