राजनीति

संसदमा अवरोध कायमै राख्ने एमालेको निर्णय

By खबरहब

December 14, 2021

काठमाडौँ- नेकपा एमालेले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीले संसदको अवरोध कायमै राख्ने अडान सुनाएका छन् । उनले पार्टीको नीति अनुरूप सदनमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिए ।

‘सरकारले हाम्रो उपस्थिति नहोस्, विरोध जारी राखोस् भन्ने चाहेको छ,’ किनकी अहिलेसम्म हाम्रा मागको वेवास्ता भइरह्यो’, ओलीले भने ।

अध्यक्ष ओलीले पार्टीले कारबाही गरेका सांसदहरूलाई त्यहाँ किन राखिएको ? भन्दै सभामुखसामू प्रश्न पनि गरेका छन् ।

सरकारले आज संसद बैठक डाकेको छ । संसद अधिवेशन २ बजे शुरू हुदैछ ।

माधव नेपालसहितका नेताहरुमाथि गरिएको कार्वाहीलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरेपछि पार्टी फुटेको भन्दै एमालेले लगातार संसद अवरूद्ध गर्दै आएको छ ।