राजनीति

कांग्रेस महाधिवेशन : अझै १२४३ मत खस्न बाँकी

By खबरहब

December 14, 2021

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान भइरहेको छ । साँझ ८ बजेसम्म करिब ३५ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य एकराज पोखरेलले अँझै करिब १२ मत खस्न बाँकी रहेको जानकारी दिए । ४७४३ महाधिवेशन प्रतिनिधि रहेकोमा पहिलो चरणमा ४६८१ जनालेमात्र मतदान गरेका थिए ।

सोमबार भएको मतदानमा सापतिका ५ उम्मेदवार मध्ये कसैले पनि विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि मंगलबार पुनः सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

सबैभन्दा धेरै मत ल्याउने शेरबहादुर देउवा र डा शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणको मतदानपछि प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

मंगलबार मतदान सकिए लगत्तै सभापतिको मतगणना हुनेछ । त्यसपछि अन्य पदका लागि भएको मतदानको गणना हुनेछ । १३४ सिट मध्ये २ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । १३२ सिटका लागि भएको मतदानको गणना भएको छैन ।