रोचक/विचित्र संसार

यी महिला जो नुहाउनमै गर्छिन् करोड रकम खर्च  

By खबरहब

January 15, 2021

काठमाडौं – सुन्दै पनि विश्वास गर्न नसकिने नुहाउनका लागि करोड खर्च । तर वास्तविकता नै हो ।

हुन पनि संसारमा केही त्यस्ता पनि मानिस छन्, जो रोजीरोटीको लागि हरेक दिन तड्पिरहेका हुन्छन् । तर, केही त्यस्ता मानिस पनि छन् जो नुहाउने मात्र करोडौँ रुपैयाँ खर्च गर्छन् ।

कमालिया जहूर नामकी ति महिला नुहाउनकै लागि मात्रै करोडौँ खर्च गर्छिन् । उनको लाइफ स्टाइल धेरै फरक छ । जसका कारण उनी चर्चामा रहन्छिन् ।

३९ वर्षीया कमालिया श्याम्पनले नुहाउँछिन् । उनका श्रीमान पाकिस्तानी मूलका ब्रिटिश करोडपति हुन् । कमालिया भने मोडलिङ र सिंगिंग पनि गर्छिन् । कमालिया र मोहम्मद जहूरका जुम्ल्याहा छोरी छन् । जसको नाम अराबेला र मीराबेला हो ।-एजेन्सी