रोचक/विचित्र संसार

१ सय १ वर्षकी महिलाले जन्माइन् बच्चा

By खबरहब

January 15, 2021

काठमाडौँ– सुन्दा पनि अचम्म लाग्ने घटना । इटालीमा एकजना अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ वर्षकी महिलाले बच्चा जन्माएकी छिन् । समाचार माध्यममा जनाइए अनुसार १०१ वर्षको उमेरमा जन्मिएको यो बच्चा उनको कोखबाट जन्मिएको १७ औं सन्तान हो ।

सामान्यतया मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो ।

१ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।