रोचक/विचित्र संसार

मध्याराति प्रेमिकालाई भेट्न पुगेका युवकको भयो यस्तो हविगत

By खबरहब

May 15, 2021

एजेन्सी- प्रेमी मध्यराति आफ्नी प्रेमीकालाई भेट्न घर पुगेका थिए । तर त्यहाँ जानु नै उनका लागि अभिशाप बनेको छ । युवतीका परिवारले यसको बारेमा थाहा पाएपछि उनीहरुले युवकको कपाल सबै खौरिदिएर बेइजती गरिदिए । यो घटना भारतको मुजफ्फपुरको हो ।

मदार गाउँकी एक युवतीसँग प्रेम गरेका उक्त युवक प्रेमीकालाई भेट्न साथीहरुसँग मध्यराती गाउँ गएका थिए । तर युवतीको परिवारले उक्त कुरा थाहा पाएपछि उनको कपाल खौरिएर बेइज्जती गरिदिएका हुन् । साथै उक्त युवकलाई पिटेका पनि छन् ।

उनको कपाल भने आधा मात्रै खौरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

– एजेन्सीको सहयोगमा