wg'iff,! c;f/ M k|b]z @ ;/sf/sf] cfly{s dfldnf tyf of]hgf dGqL ljhos'df/ ofbjn] cfh k|b]z;efdf cfly{s jif{ @)&*÷&( sf] /fhZj tyf Joosf] cg'dfg ;lxtsf] ah]6 k|:t't ug'{x'Fb} . t:aL/Mchos'df/ ;fx /f;;,

आर्थिक

प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाखको बजेट (पूर्ण पाठ)

By खबरहब

June 15, 2021

जनकपुरधाम– प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ ।

प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन् ।

उनका अनुसार वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा संकलन भएको कुल निक्षेप मधये यस प्रदेशको ४.३ प्रतिशत योगदान रहेको छ ।

बजेट प्रस्तुत गर्दै मन्त्री यादवले सरकारले आन्तिरक ऋण एक अर्ब परिचालन गर्ने लक्ष्य लिएको र प्रदेश सरकारले हाल सम्म ऋण नलिएको उल्लेख गरे ।

चालु आर्थिक वर्षको जेठ २० गते सम्म संघीय सरकारबाट प्राप्त भएको वित्तीय समानीकरण अनुदान पाँच अर्ब २६ करोड ५० लाख, राजस्व बाँडफाँटबाट ५ अर्ब ९८ करोड २४ लाख, संघीय सर्सत अनुदान वापत ५ अर्ब १० करोड ७५ लाख, विशेष अनुदान वापत १३ करोड ८३ लाख र समपुरक अनुदान बापत ९२ लाख प्राप्त भएको उनले बताए ।

आन्तिरक राजस्व परिचालन तर्फ ३ अर्ब २ कारेड १ लाख प्राप्त भएको उनले बताए । कुल विनियोजनाको ६२.५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

चालु ७२.३४ र पुँजीगत तर्फ ५२.६६ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश २ सरकारको बजेटको पूर्ण पाठ यस्तो छ