खेलकुद

ब्राजिलको एकतर्फी जित

By खबरहब

October 15, 2021

काठमाडौँ- फिफा विश्वकप छनोटमा ब्राजिलले उरुग्वेविरुद्ध एकतर्फी जित निकालेको छ ।

शुक्रबार भएको खेलमा ब्राजिलले उरुग्वेमाथि ४-१ को जित निकालेको हो ।

ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै नेयमार र ग्राबियल बार्बोसाले एक एक गोल गरे ।

उरुग्वेका लुइस सुआरेजले एक गोल फर्काए । जितसँगै ११ खेलमा ३१ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ । उरुग्वे १६ अंक जोडेर पाँचौं स्थानमा छ ।