राजनीति

कांग्रेस नेता सिंहले दिए विजयादशमीको शुभकामना

By खबरहब

October 15, 2021

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विजया दशमीको शुभकामना दिएका छन् ।

बडादशैँका अवसरमा सिंहले जारी गरेको शुभकामना वक्तव्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शान्ति, समृद्धि ,सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

उनले नेपालीहरुले चाहाना अनुरुप समृद्धि हासिल गराउन सक्ने नेतृत्व स्थापित गराउने प्रेरणा कार्यकर्तामा मिल्ने पनि विश्वास व्यक्त गरेका छन् ।

‘महाअधिवेशन निर्धारित समयमा स्वच्छ निस्पक्ष र पारदर्शी ढंगबाट सप्पन्न गरि संस्थागत, सवल र सुदृढ    पार्टीको जगमा मात्रै  नेपालीहरुको चाहना अनुसार समृद्धि (आर्थिक सम्पन्नता )को नेतृत्व गर्ने पार्टी निर्माण गर्ने अभियानमा लाग्न सम्पूर्ण साथीहरुलाई यस पुनित अवसरमा शक्ति  एवं प्रेरणा प्राप्त होस’, सिंहले शुभकामनामा भनेका छन् ।