अन्तर्राष्ट्रिय

यमनमा राजनीतिक समाधान खोज्न राष्ट्रसंघीय विशेष दूतको सुझाव

By खबरहब

October 15, 2021

साना– यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्बर्गले बिहीबार यमनको आन्तरिक राजनीतिक विवादको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन् । यहाँको संटकको समाधान राजनीतिक रुपमा खोजिनुपर्ने उनले बताएका हुन् । यसका लागि यहाँका राजनीतिक शक्तिहरुका बीचमा एक किसीमको बृहत राजनीतिक सहमतिका आधारमा यस्तो समाधान निकाल्नुपर्नेमा उनले जोड दिएका हुन् ।

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत ग्रन्डबर्गले यसका लागि यहाँका सबै प्रकारका राजनीतिक शक्तिका साथै राजनीतिक दलहरुका बीचमा पनि बृहत राजनीतिक सहमति हुनु जरुरी रहेको बताएका छन् । यसरी निकालिएको राजनीतिक समाधानले मात्र यहाँको समस्याको दिगो समाधान हुने र यहाँको आर्थिक, सांस्कृतिक पुनस्र्थापनाका लागि सहयोग पुग्ने उनको भनाइ छ ।

यमनमा विगतका केही वर्षहरुदेखि राजनीतिक हिंसा जारी रहेको छ । यसबाट कैयौँ नागरिकको ज्यान पनि गएको छ । यहाँको हिंसा अन्त्यका लागि शान्तिपूर्ण वार्ताको माध्यमबाट अघि बढ्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । सिन्ह्वा