फाइल फोटो

अन्तर्राष्ट्रिय

भेनेजुएलाको निर्वाचनमा संयुक्त राष्ट्रसंघले विज्ञहरु पठाउने

By खबरहब

October 15, 2021

न्यूयोर्क– संयुक्त राष्ट्रसंघले भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि विज्ञहरु पठाउने भएको छ । सो कुरा संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । भेनेजुएलाको सो निर्वाचनमा निर्वाचन अधिकृत, विज्ञहरु पठाउन लागिएको हो । त्यहाँ आगामी महिना आम निर्वाचन हुन लागेकोे छ ।

सो निर्वाचनको प्रक्रियामा नै सहयोग गर्नका लागि उक्त निर्वाचन विज्ञहरुको टिम पठाउन लागिएको बताइएको हो ।निर्वाचनको निश्पक्षता र थप सहजताका लागि संयुक्त राष्ट्रसंघले विज्ञ पठाउन लागेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको प्रेस सचिवालयले सो जानकारी गराएको हो ।

सो निर्वाचनका लागि संयुक्त राष्ट्रसंघले प्राविधिक सहयोग पनि उपलब्ध गराएको छ । अन्य प्रक्रियागत सहायता गर्दै आएको राष्ट्रसंघले आगामी महिनाको सो निर्वाचनका लागि निर्वाचन विज्ञहरु नै पठाउन लागेको हो । सिन्ह्वा