अन्तर्राष्ट्रिय

बेलायती सांसदको चक्कु प्रहार गरी हत्या

By खबरहब

October 15, 2021

लन्डन– बेलायतमा एक सांसदको हत्या भएको छ । कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड अमेसको चक्कु प्रहारका कारण मृत्यु भएको बीबीसीले जनाएको छ ।

बेलायतको एसेक्समा उनीमाथि चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारमा शंकास्पद एकजनालाई पक्राउ गरिएको जनाइएको छ ।