राजनीति

तेह्रथुमबाट एमाले महाधिवेशनका प्रतिनिधि चयन

By खबरहब

November 15, 2021

तेह्रथुम – नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो ।

खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनोट भएका छन् ।

दलिततर्फ अनुभूति नेपालीलाई चयन गरिएकाे जिल्ला सचिव शिव ढुंगानाले जानकारी दिए । सोमबार म्याङलुङ नगरपालिकाको नेतृत्व चयन हुनेछ ।