समाचार

प्रधानन्यायाधीश आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश

By खबरहब

November 15, 2021

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

उनी अहिले बिहान १० बजेर ४८ मिनेटमा कडा सुरक्षाकाबीच अदालत प्रवेश गरेका हुन् ।

नेपाल बार एसोसिएसनले आफ्नो राजीनामा माग गर्दै मुख्य गेटमा धर्ना जारी राखेका बेला राणा भने वैकल्पिक गेटबाट अदालत छिर्ने गरेका छन् ।

प्रधानन्यायाधीश जबराले अब केहिबेरमा इजलास तोक्ने छन् ।