समाचार

वरिष्ठ अधिवक्ता सङ्ग्रौलाले भने- बारको आन्दोलन संविधानको संरक्षणका लागि (भिडियोसहित) 

By खबरहब

November 15, 2021

काठमाडौँ – वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज सङ्ग्रौलाले नेपाल बार एसोसिएसनको आन्दोलन संविधानको संरक्षणका लागि भएको बताएका छन् ।

सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका धर्ना जारी रहेका बेला उनले गरिबको न्यायका लागि आन्दोलन भइरहेको बताएका हुन्।

‘अदालतको बेन्चभित्र पुलिस राखेर बहस गर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो’ उनले भने, ‘सबैभन्दा मर्यादित व्यवसाय कानुन व्यवसाय हो। पहिले पार्टीको भागबन्डामा नियुक्ति गर्नु गलत भयो ।’

प्रधानन्यायाधीश अन्याय भएको भए इतिहासले न्याय दिने भन्दै सङ्ग्रौलाले अहिले राजीनामा दिन सुझाएका छन् ।