काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बार एशोसिएसनलाई वार्ताका लागि आह्वान गरे पनि कानून व्यवसायीको आन्दोलन जारी छ ।
तेस्रो दिन पनि बैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका प्रधानन्यायाधीश राणाले लगत्तै विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई आह्वान गरेका थिए । तर, राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने अडानमा रहेका कानून व्यवसायीले सर्वोच्च परिषरमा नाराबाजी र धर्ना जारी राखेका छन् ।
जबराको राजीनामा माग्दै १४ कात्तिकदेखि आन्दोलित बारको आन्दोलन आइतबार देशव्यापी भइसकेको छ ।
वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले प्रधानन्यायाधीशले बोलाएको वार्ताको औचित्य नभएको बताएका छन् । ‘वार्ता कुनै औचित्य छैन, राजीनामा नै हाम्रो सफलता हो, वार्तामा जान हुन्नँ. नजाऊ’, उनले भने ।