बलिउड/हलिउड

शिल्पा र राजविरुद्ध उजुरी

By खबरहब

November 15, 2021

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध मुम्बईको बान्द्रा प्रहरी चौकीमा धोकाधडीको उजुरी परेको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजविरुद्ध उजुरी दिएका हुन् ।

नितिनका अनुसार सन् २०१४ मा एक फर्मका माध्यमबाट उनीसँग शिल्पा र राजले धोखाधडी गरेका थिए । उजुरीमा जुलाई २०१४ देखि लिएर अहिलेसम्म मेसर्स एसएफएल प्रालिका निर्देशक नितिन बराईसँग ‘चिटिङ’ गरेको आरोप लगाइएको छ । कम्पनीको निर्देशकको सुचीमा शिल्पा र राजका अलावा काशिफ खान, दर्शित शाहको नाम पनि छ ।

प्रहरीले शिल्पा र राजसहित अन्य आरोपीविरुद्ध आइपीसीको धारा ४०६, ४०९, ४२०, ५०६, ३४ र १२०को अनुसार उजुरी दिएका छन् । यो मामलामा राज र शिल्पासँग चाँडै सोधपुछ हुनेछ ।

राज हालका दिनमा अश्लील फिल्मसँग जोडिएको विषयमा आरोप लागेपछि उनी जमानतमा जेलबाट बाहिर छन् । उनले जेलबाट बाहिर आउनासाथ सामाजिक सञ्जालबाट बिदा लिने निर्णय गरेका थिए ।