राजनीति

कांग्रेस सभापतिमा उम्मेद्वारी दिने सिंहको घोषणा

By खबरहब

November 15, 2021

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले पार्टीप्रति आकर्षण बनाउन र प्रजातन्त्र जोगाउन आफ्नो उम्मेदवारी सभापतिमा हुने प्रष्ट्याए ।

१३औँ महाधिवेशनपछि कांग्रेस कमजोर भएको मौकामा सत्तामा पुगेका कम्युनिष्टले दुईपटक संसद भंग गराएर बेथिती सृजना गरेकाले अब बलियो कांग्रेस आवश्यक भएको उनले बताए ।

‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औँ महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिन्छु’, उनले भने ।

सभापति उम्मेदवार हुनुमा आफ्नो कुनै व्यक्तिगत चाहना नभएको उनले बताए ।