राजनीति

मालेको महासचिवमा मैनाली फेरि निर्वाचित

By खबरहब

November 15, 2021

काठमाडौँ– नेकपा मालेको महासचिवमा सीपी मैनाली फेरि निर्वाचित भएका छन् । चितवनमा सम्पन्न महाधिवेशनले मैनालीको नेतृत्वको ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पोलिटब्यूरो र स्थायी समिति केन्द्रीय समितिले चयन गर्नेछ ।

विसं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव सिपी मैनाली हुन् । तर २०४७ सालमा अन्य वाम दल र मालेबीच एकीकरण भएपछि नेकपा एमाले जन्मिएको थियो ।

२०५४ मा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजन भएपछि माले पुनःगठन गरिएको थियो । २०५८ मा गौतमलगायतका नेताहरु एमालेमा फर्किए पनि मैनालीले मालेलाई निरन्तरता दिएका थिए । त्यसयता उनी लगातार मालेको महासचिब छन् ।